उपनिर्वाचन : इलाम–२ का लागि माओवादीबाट चार जनाको नाम सिफारिस 

नेकपा (माओवादी केन्द्र)ले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उमेदवारको नाम सिफारिस गरेको छ । माओवादी कोशी प्रदेश कमिटीले चार जनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।

प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरिएको जानकारी दिए । जिल्ला समिति इलामको सिफारिसका आधारमा प्रदेश समितिले चार जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको उनले बताए ।

इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । त्यसका लागि यही चैत २४ गते उमेदवारी दर्ताको कार्यतालिका छ ।

केन्द्रमा माओवादीले एमालेका उमेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने चर्चा पनि छ । तर, प्रदेशका कार्यकर्ताको चाहनाअनुसार पार्टीको छुट्टै उमेदवार उठाउनु पर्ने विषय केन्द्रमा जानकारी गरिएको अध्यक्ष नेम्वाङले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार