गृहमन्त्री लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन

काठमाडौं– उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिंहदरबार परिसरमा प्रदर्शन गरेका छन् ।

सहकारी प्रकरणमा मुछिएका लामिछानेलाई मन्त्री बनाएको भन्दै तत्काल पदबाट हटाउनुपर्ने मागका साथ उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले सिंहदरबारबाहिरको पर्खालमा सहकारी पीडितलाई न्याय खै, नैतिकता खोइ, अर्थमन्त्री सुनमन्त्री लगायत लेखिएका पोष्टर टाँसेका थिए ।

पोष्टर टाँसेपछि प्रहरीले हस्तक्षेप गरी केही विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको छ । उनीहरूले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे, लगायतका नारा लगाएका थिए । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने विरुद्ध कांग्रेसले सदनमा र भातृसंगठनले सडकमा विरोध गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार