बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २० घाइते

बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा भएको बस दुर्घटनामा हुँदा ७ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये २४ जनाको उद्धार गरिएको छ।

रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज (सोमवार) साँझ बस मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो।

बस सडकबाट करिब ३ सय मिटर तल खसेको र उद्धार जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार