पूर्वमन्त्री नविन्द्रराज जोशीको निधन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीको निधन भएको छ । जोशी मष्तिष्कघात भएपछि गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालको अति सघन कक्षमा उपचाररत जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए ।

फागुन १४ गते शुक्रबार बिहान पौने ३ बजे शरीरको अंग नचलेपछि उनलाई वीर अस्पताल पुर्याइएको थियो । अस्पतालका अनुसार जोशीलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको बताएको थियो । जोशीको ५७ वर्षको उमेरमा आज निधन भएको हो । विसं २०२० साल पुस २४ गते जन्मिएका स्वर्गीय जोशीका श्रीमती र एक छोरी छन् ।

गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट जोशी वामगठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसंग पराजित भएका थिए। पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भने जोशी सोही क्षेत्रबाट निर्वाचित हुन पुगेका थिए । २०३६ सालको विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका जोशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बन्दै विद्यार्थी राजनीतिक आन्दोलनमा सक्रिय रहेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार