अल रइदसँग अल नासर पराजित

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर पराजित भएको छ । गएराती सम्पन्न खेलमा अल रइदले अल नासरमाथि ३-१ गोलको शानदार जित हासिल गरेको हो । अल रइदको जितमा क्रिम एल बेर्काओउइ, मोहमद फोउजैर र अमिर सयोउदले एक एक गोल गरेका थिए ।

त्यसैगरी अल नासरका लागि एक गोल आइम्यान याहयाले फर्काएका थिए । यो अल नासरको लगातार दोस्रो हार हो । यस अघि एसियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा अल ऐनसँग १-० को हार बेहोरेको थियो । यो हारपछि अल नासरको लिगमा २३ खेलमा ५३ अंक रहेको छ र शिर्ष स्थानमा रहेको अल हिलालभन्दा ९ अंकले पछाडी रहेको छ ।

यद्यपी अल हिलल एक खेल कम खेलेको छ । त्यसैगरी अल रइदको यो जितपछि २३ खेलमा २३ अंक भएको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार