टोकियो ओलम्पिकमा दर्शकको उपस्थिति नरहने

विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा दर्शकको उपस्थिति नरहने बताइएको छ । ओलम्पिक मन्त्री तमायो मरुकावाले बिहीबार आयोजक र अधिकारीहरुसँगको छलफलपछि उक्त घोषणा गरेका हुन् । यही जुलाई २३ देखि जापानमा शुरु हुने टोकियो ओलम्पिक दर्शक विना नै हुने भएको हो ।

कोरोना महामारीलाई ध्यानमा राख्दै ओलम्पिकमा दर्शकलाई प्रवेश नदिइने निर्णय गरिएको हो । सङ्क्रमणको जोखिम न्यूनिकरण गर्न ओलम्पिक खेल सुरु भएपछि टोक्योमा संकटकाल लागू रहनेछ । प्रधानमन्त्री योशिहिदे सुगाले १२ जुलाईदेखि २२ अगष्टसम्म संकटकाल लागू रहने बताएका छन् । खेलको क्रममा टोक्यो र वरिपरिको शहरमा प्रशंसकलाई भेला हुन रोक लगाइएको छ ।

तर फुकुशिमा, मियागी र शिजुका लगायतको शहरस्थित रङशालामा आयोजना हुने खेलमा भने कुल क्षमताको ५० प्रतिशत दर्शक राख्न पाउने व्यवस्था गरिएको छ । जापानमा कोरोना सङ्क्रमित बढेपछि ओलम्पिक खेल नै स्थगित गर्न माग गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार