निश्चलको ‘दिमाग खराब’ले मनायो प्रदर्शनको ५१औँ दिन 

नेपाली कथानक चलचित्र ‘दिमाग खराब’ले प्रदर्शनको ५१औं दिन मनाएको छ । रञ्जना सिनेप्लेक्स न्यूरोडलगायत तीनवटा हलमा ‘दिमाग खराब’ले ५१ औं दिन मनाएको हो । 

काठमाडौंमा आज एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले सिनेमाले प्रदर्शनको ५१औँ दिन मनाएकोमा खुसी साटासाट गरेको छ ।  
 
राजनीतिक तथा सामाजिक विषय उठान गरेको चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् । 

खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, विजय बराल, अर्पण थापालगायत कलाकारको चलचित्रमा अभिनय रहेको थियो । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार