कीर्तिपुर नगरपालिका १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ल्याबरोटरी प्रथम

कीर्तिपुर नगरपालिका १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ल्याबरोटरी विद्यालयले प्रथम स्थान हासिल गरेको छ । यही मंसिर २८ गतेदेखि सुरु भएको सो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ल्याबरोटरीले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

सोमबार एक कार्यक्रमबीच प्रथम स्थान हासिल गर्न सफल ल्याबरोटरी कलेजलाई राष्ट्रपति रनिङ शिल्ड प्रदान गरिएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ सञ्चालन भएको सो प्रतियोगिता यही मंसिर २८ गतेदेखि प्रारम्भ भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार