च्याम्पियन्स लिग : एसी मिलानसँग न्युक्यासल पराजित

यूईएफए च्याम्पियन्स लिग फुटबलमा समूह एफ अन्तर्गतको खेलमा एसी मिलानले जित निकालेको छ । गएराति भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–१ गोलले हराउँदै मिलान विजयी भएको हो । यो हारसँगै न्युक्यासल समूह चरणबाटै बाहिरिएको छ ।

मिलानका जोइलिघंटन र सामुयल चुकवुजले एक–एक गोल गरेका थिए । यस्तै, न्युक्यासलका क्रिष्टियन पुलिसिकले एक गोल फर्काएका थिए ।

यो जितसँगै एसी मिलान समूहमा ६ खेलबाट ८ अंकसहित एसी मिलान तेस्रो स्थानमा छ । पराजित भएको न्युक्यासलको ५ अंक रह्यो ।

यस्तै, शीर्ष स्थानको डर्टमन्डको ११ अंक छ भने दोस्रो स्थानको पीएसजीको ८ अंक रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार