एनएसएल : वीरगञ्जले पहिलो जित निकाल्दा इलामको चौथो हार

स्पोर्टिङ इलाम एफसीलाई हराउँदै वीरगञ्ज युनाइटेड एफसीले नेपाल सुपर लिग ९एनएसएल० को पाँचौं खेलमा आएर जितको खाता खोलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा वीरगञ्जले इलामलाई २–१ गोल अन्तरले हराएको हो । इलामले लिगमा तेस्रो हार व्यहोरेको छ । तनावपूर्ण खेलमा इलामले पहिलो अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन र वीरगञ्जसँग इन्जुरी समयमा गोल खाँदै पराजित भयो ।

इन्ज्युरी समयको पाँचौ मिनेटमा विलियम ओपुकुको पेनाल्टी गोलमा विरगञ्जले अग्रता दोब्बर पार्यो । पेनाल्टी एरियामा इलामका सुजज बस्नेतले ह्याण्ड गरेपछि रेफ्रि कविन व्यञ्जनकारले पेनाल्टी दिएका थिए । जुन अवसरलाई ओपोकुले खेर जान दिएनन् ।

पेनाल्टीका लागि विवाद हुँदा इलामका गोलकिपिङ प्रशिक्षक उज्वल मानन्धरले रातो कार्ड पाए ।

खेल सकिएपछि पेनाल्टीकै विषयमा विवाद हुँदा खेल मैदान केहीबेर तनावग्रस्त बनेको थियो । जसमा रेफ्रिले इलामका गोलरक्षक सविकेश कुथुलाई रातो कार्ड देखाए ।

यसअघि १५ औं मिनेटमा वीरगञ्जका ३ जना डिफेन्डरबाट बिट भएको बललाई आशिष चापागाईँले बक्स भित्रबाटै गोल गरेर इलामलाई अग्रता दिलाएका थिए ।

तर त्यो अग्रता धेरै टिकेन । ३३ औं मिनेटमा सुशील लामाको बक्समा हानेको क्रसमा विशोन गुरुङले वान टचमा गोल गरे । इलामका किपर विकेश कुथुले बचाउने प्रयास सफल भएन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार