बायर्नसँगको हारपछि युनाइटेडको युरोपा लिग खेल्ने सम्भावना समाप्त

यूईएफए च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग १–० ले पराजित भएपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको युरोपा लिग खेल्ने सम्भावना समाप्त भएको छ ।

मंगलबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा भ्रमणकारी टिमलाई जित दिलाउन किंगस्ले कोमनले निर्णायक गोल गरे । कोमनले ७०औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

यो हारसँगै युनाइटेड समूह ‘ए’ को पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । युनाइटेडले ६ खेलबाट चार अंकमात्र जोड्न सक्यो । आजको खेलमा जित वा बराबरीको नतिजाले युनाइटेडले कम्तिमा युरोपा लिग खेल्ने समीकरण थियो । च्याम्पियन्स लिगबाट समूहका शीर्ष दुई टिम दोस्रो चरणमा प्रवेश गर्दा तेस्रो हुने टिमले युरोपा लिग खेल्न पाउँछ ।

समूह ‘ए’ बाट बायर्न शीर्ष र एफसी कोपनहेगेन दोस्रो स्थानमा रहँदै प्रि–क्वार्टरफाइनल प्रवेश गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार