पार्टी विवाद समाधानका लागि एमाले कार्यदल बैठक आज पनि बस्दै

नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दैछ । पार्टी विवाद समाधानका लागि गठित कार्यदलको बैठक १० बजेबाट सुरु हुदैँछ । 

पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ । यसअघि मङ्गलवार बसेको बैठकमा सहमतिका लागि अघि सारिएका विभिन्न विकल्पमाथि छलफल भएको र छलफल सकारात्मक भएको नेताहरूले बताएका थिए । विवाद समाधानका लागि विभिन्न विकल्पमाथि छलफल भएको तर कुनै सहमति नभएको बताइएको थियो ।

पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली समूहबाट ५ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट ५ गरी १० सदस्यीय कार्यदल बनाइएको थियो । कार्यदलमा ओली समूहबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल  छन् । माधव समूहबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।  

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार