प्रचण्ड र नेपालबिच कोटेश्वरमा भेटवार्ता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। नेकपा एमालेमा एकता कायम गर्न बनेको कार्यदलको बैठक सिंहदरबारमा जारी रहँदा प्रचण्डले नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध बनेको विपक्षी गठबन्धनमा नेपाल र प्रचण्ड दुबै जना छन्। नेपाल समूहका २३ जना प्रतिनिधि सभा सदस्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा परेको रिटमा हस्ताक्षर गरेका छन्। जनकपुरबाट काठमाडौं फर्किएका प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार