युरोकप छनोटमा पोर्चुगलसँग लिक्टेन्सटाइन पराजित

युरोकप २०२४ छनोटमा पोर्चुगल विजयी भएको छ । गएराति भएको खेलमा लिक्टेन्सटाइनलाई २–० गोलले हराउँदै पोर्चुगल विजयी भएको हो ।

पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डो र जोआओ कन्सेलोलेले एक–एक गोल गरेका थिए । रोनाल्डोले ४६औँ र कन्सेलोले ५७औँ मिनेटमा टोलीका लागि गोल गरेका थिए ।

युरोकप छनौटमा पोर्चुगलको यो लगातार नवौँ जित हो । युरोकपका लागि यसअघि नै छनौट भएको समूह ‘जे’ मा रहेको पोर्चुगल ९ खेलबाट २७ अंकसहित शीर्षस्थानमा छ ।

पोर्चुगलले यसअघि नै जर्मनीमा आयोजना हुने युरोकपमा स्थान बनाइसकेको छ । पराजित भएको लिक्टेन्सटाइनले ९ वटै खेलमा हार बेहोरेको छ । यस्तै, स्लोभाकिया १९ अंकसहित दोस्रो स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार