कुन-कुन देशमा प्रतिबन्धित छ टिकटक ?

काठमाडौं । सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरे लगत्तै सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमार्फत विभिन्न राजनीतिक दलका पदाधिकारी तथा नेतासँगै कलाकार, सामाजिक अभियन्ताले पनि टिकटकलाई नियमन गर्नुको सट्टा बन्द नै गर्ने निर्णय गलत भएको भन्दै यसमा पुर्नविचार गर्नुपर्नेमा जोड दिएका छन् ।

तर, सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भने सामाजिक सद्भाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोगकर्तालाई लामो समयदेखि सरकारले सहि सदुपयोग गर्न अनुरोध गर्दा पनि नमानेका कारण सरकार बन्द गर्ने निर्णयमा पुगेको बताईन् ।

उनले भनिन्, ‘अन्य सामाजिक सञ्जालमा विषयवस्तु, प्रयोगकर्ताले गलत प्रस्तुती वा कार्य गरेमा त्यसलाई नियमन या स्व नियमन गर्नसक्ने प्रावधान छन् । तर टिकटकमा सजिलै फेक आइडी खोल्न सकिने, फेक फिल्टर, गुनासो सुनुवाईको व्यवस्था नहुनु आदिले गर्दा नियमन गर्न सहज छैन । त्यसैले सरकारले बारम्बार प्रयोगकर्तालार्इ सभ्य बन्न आग्रह गर्दा र टिकटकका प्रतिनिधिलाई पनि बोलाएर छलफल गरे पनि टिकटक झनै छाडा हुन थालेपछि बन्द गर्नुबाहेक अरू विकल्प थिएन । त्यसैले गर्नुपरेको हो ।’

टिकटकमा प्रतिबन्ध लगाउने देशको संख्या हालसम्म २६ वटा रहेका छन् । यदि नेपाल सरकारकाे निर्णय कार्यान्वयन भएमा याे संख्या २७ हुनेछ । टिकटक चिनियाँ टेक्नोलोजी कम्पनी बाइट डान्सले चलाउँदै आएको छ । यो एपले चिनियाँ सरकारलाई डाटा दिने आरोप पनि लाग्ने गरेको छ । कम्पनीले भने सरकारलाई कुनै खालको डाटा नदिने बताउँदै आएको छ।

कुन कुन देशमा छ टिकटक बन्द ?

बेलायत 

अमेरिका 

न्यूजिल्यान्ड 

क्यानडा 

ताइवान 

बेल्जियम 

डेनमार्क 

पाकिस्तान 

अफगानस्तान 

भारत 

सोमालिया 

अर्मेनिया 

अजरवैजान 

बंगलादेश 

इन्डोनेसिया 

ईरान 

जोर्डन 

 अष्ट्रिया 

ईस्टोनिया 

फ्रान्स 

आयरल्यान्ड 

लाटभिया 

माल्टा

नेदरल्यान्ड 

नर्वे 

अष्ट्रेलिया 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार