तिहार र छठको सार्वजनिक बिदाका दिनमा पनि खुला रहनेछन् निगमका यी डिपो र कार्यालय

नेपाल आयल निगमले तिहार र छठको सार्वजनिक बिदाको दिनहरुमा पनि केही डिपो तथा कार्यालयहरु सञ्‍चालनमा ल्याउने भएको छ ।

सार्वजनिक बिदाको दिनहरुमा पनि पेट्रोलियम पदार्थको सहज रुपमा बिक्रीको व्यवस्था मिलाउन स्थानीय आवश्यकताको आधारमा निगमका निश्‍चित डिपो तथा कार्यालयहरु खुला रहने बताइएको छ ।

निगमका अनुसार विराटनगरस्थित कोशी प्रादेशिक कार्यालय कात्तिक २७ र ३० गते खुला रहनेछ । यस्तै, अमलेखगञ्‍जस्थित मधेश प्रादेशिक कार्यालय कात्तिक २५ र २६ र ३० गते सञ्‍चालनमा रहनेछ ।

यसैगरी, वाग्मती प्रादेशिक कार्यालय, थानकोट कात्तिक २६, २७ र २८ तथा मंसिर २ गते पनि खुला रहने निगमले जनाएको छ । पोखरास्थित गण्डकी प्रादेशिक कार्यालय कात्तिक २६ र २७ गते सञ्‍चालनमा रहनेछ ।

त्यस्तै, भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालय कात्तिक २७ र ३० गते, सुर्खेतस्थित कर्णाली प्रादेशिक कार्यालय कात्तिक २५ गते र धनगढीस्थित सुदूरपश्‍चिम प्रादेशिक कार्यालय कात्तिक २७ गते खुला रहनेछ ।

त्यसैगरी, चारआलीस्थित शाखा कार्यालय कात्तिक २६ र ३० तथा मंसिर ४ गते, धनुषास्थित इन्धन डिपो कात्तिक २८ र ३० गते, नेपालगञ्‍जस्थित इन्धन डिपो कात्तिक २७ गते र वीरगंजस्थित शाखा कार्यालय कात्तिक २५, २६ र ३० गते सञ्‍चालनमा रहने निगमले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार