चितवनमा ९ दिनदेखि हराइरहेकी युवतीको शव जंगलमा भेटियो

चितवनको राप्ती नगरपालिकामा ९ दिनदेखि हराइरहेकी एक युवतीको शव भेटिएको छ । गत असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी राप्ती नगरपालिका ३ की २२ वर्षीया सुजाता भण्डारीको शव राप्तीकै ब्रम्हस्थानी सामुदायिक वनमा भेटिएको हो ।

आइतबार अपराह्न शव भेटिए पनि साँझ परिवारले पहिचान गरेको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए । वनको बीचमा झाङमा अड्किएको अवस्थामा शव भेटिएको प्रहरीले बतायो । जंगलमा च्याउ टिप्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको प्रहरीले बतायो । प्रहरीका अनुसार शव पानीले बगाएर ल्याएर लामो समयदेखि अड्काएको जस्तो देखिएको छ ।

भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार