कोरोना जोखिम कम गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको ८ बुँदे सुझाव

कोरोना संक्रमणको जोखिमलाई रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक तयारीका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) लाई ८ बुँदे सुझाव दिएको छ ।

मन्त्रालयले सीसीएमसीलाई भारतबाट नेपाल प्रवेश गर्ने नाकामा निगरानी बढाउनुपर्ने लगायतका सुझाव दिएको हो । मन्त्रालयले बिहीबार आठ बुँदे निर्णयसहितको सुझाव पत्र सीसीएमसीलाई पठाएको हो । मन्त्रालयले विशेषगरी तराईका जिल्लाका नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी योजना बनाउन र हाल सञ्चालनमा रहेका सीमानाकालाई कोभिड–१९ को संक्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र संक्रमण दर उच्च हुन पुगेमा नाका घटाउनेतर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्नुपर्ने लगायत सुझाव दिएको विज्ञप्तिमार्फत जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार