एसियाली खेलकुदको करातेमा एरिका फाइनलमा, पदक पक्का

चीनको हान्झाउमा चलिरहेको एसियाली खेलकुदको कराँतेमा एरिका गुरूङ फाइनलमा पुगेकी छन् ।

६८ केजी तौल समूहमा सेमिफाइनलमा हङकङकी यान काई होलाई ८-४ ले हराउँदै उनी फाइनलमा पुगेकी हुन् । उनले क्वार्टरफाइनलमा जापानकी खेलाडीलाई हराएकी थिइन् ।

एरिकाले फाइनल पुगे लगत्तै रजत पदक पक्का गरेकी छन् र अब स्वर्ण पदकका लागि काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग आज शनिबार नै खेल्ने छिन् । सोफ्याले फिलिपिन्सकी एरियान ब्रितोलाई पराजित गरेकी थिइन् ।

यसअघि क्वाटरफाइनलमा एरिकाले जापानकी युजुकी सावाएलाई हराएकी थिइन् । उनले १-१ को बराबरी हुँदा सेन्शु (पहिलो अंक जोडेको) आधारमा जित निकालेकी थिइन् ।

योसँगै नेपालले १९ औं एसियाडमा दोस्रो पदक पक्का गरेको हो । यसअघि महिला कबड्डीले कास्य पदक जितेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार