१९औँ एसियाड : नेपालका गणेश क्यानोइङमा आठौँ स्थानमा

नेपालका गणेश गुरुङ चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद ९एसियाड० अन्तर्गत क्यानोइङमा आठौँ भएका छन् ।

फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा शनिबार फाइनल चरणमा प्रवेश गरेका गणेश फाइनलमा पुगेका १० जनामध्ये आठौँ भएका हुन् । शनिबार नै भएको सेमिफाइनल चरणको खेलमा गणेश शीर्ष १० मा रहँदै फाइनल चरणमा पुगेका थिए ।

क्यानोइङमा चीनका क्वान सिनले स्वर्ण, जापानका तानाका युकीले रजत र चाइनेज ताइपेइका उ साओले हसुनले कांस्य जिते । क्यानोइङमा १६ खेलाडीले भाग लिएका थिए ।

सहभागितामै सकियो कुस्तीको एसियाड यात्रा
नेपाली कुस्तीको १९औँ एसियाड यात्रा सहभागितामै सीमित बनेको छ । कुस्तीमा सहभागी नेपालका चारै खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् ।

हाङझाउस्थित लिनान स्पोर्ट्स एन्ड कल्चरल एक्जिबिसन सेन्टरमा शनिबार भएको खेलमा नेपालका राज यादव र सुरेश चुनारा पहिलो खेलमै पराजित भए । पुरुष फ्रिस्टाइल ८१ केजी तौल समूहको प्रिक्वाटरफाइनलमा राज कम्बोडियाका बाली सोउसँग १०–० ले पराजित भए ।

पुरुष ७४ केजी फ्रिस्टाइलको प्रिक्वाटरफाइनलमा सुरेश चुनारा तुर्कमिनेस्तानका परमान होम्मादोभसँग ११–० ले पछि परे । यसअघि महिलातर्फ शिवाङ्गी दुवे र सुशिला चन्द पहिलो खेलमै पराजित भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार