एसियाली खेलकुद : बंगलादेशलाई ९ विकेटले हराउँदै भारत फाइनलमा

चीनको हाङजाओमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटको सेमिफाइनलमा बंगलादेशलाई ९ विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ । योसँगै भारतीय क्रिकेट टोलीले कम्तीमा रजत पदक पक्का गरेको छ ।

भारतीय कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए । बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।

बंगलादेशका लागि जाकिर अलीले सर्वाधिक २४ रन बनाए भने परवेज हुसेनले २३ रन बनाए । भारतका लागि साई किशोरले १२ रनमा ३ विकेट लिए ।

वासिङ्टन सुन्दरले दुई विकेट लिए । ९७ रनको लक्ष्य भारतले १०औं ओभरमै एक विकेट गुमाएर पूरा गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार