कबड्डीमा नेपाल भारतसँग पराजित, पायो कास्य पदक

चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल शुक्रबार भारतसँग ६१-१७ ले पराजित भएको छ । सेमिफाइनलमा पराजित भएपछि नेपालले कास्य पदक पक्का पाएको छ ।

यसअघि तीन टिम सम्मिलित समूह ‘बी’ मा नेपालले आफ्नो पहिलो खेलमा बंगालदेशलाई हराएको थियो । आफ्नो दोस्रो खेलमा भने नेपाल इरानसँग पराजित भएको थियो ।

समूह उपविजेता बनेसँगै नेपालको कास्य पदक पक्का भएको थियो । एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनल पुग्ने दुई टिमलाई कास्य पदक दिने प्रावधान छ ।

कबड्डीबाट नेपालले एसियाली खेलकुदमा पहिलो पदक जित्दै इतिहास बनाएको छ ।

महिला कबड्डीले पदक जितेसँगै यो संस्करणको एसियली खेलकुदमा नेपाल पदकविहीन हुनबाट जोगिने पक्का छ ।

नेपाललाई हराएपछि भारत फाइनल पुगेको छ र अब स्वर्णका लागि खेल्ने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार