विश्वकप क्रिकेटः उद्घाटन खेलमा इंग्ल्याण्डमाथि न्यूजिल्याण्डको शानदार जित

एकदिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा न्युजिल्याण्ड विजयी भएको छ ।

भारतको अहमदावादमा गएराति भएको उद्घाटन खेलमा साविक विजेता इंग्ल्याण्डमाथि न्युजिल्याण्डले ९ विकेटको सानदार जित निकालेको हो ।

इंग्ल्याण्डले दिएको २८३ रनको लक्ष्य न्युजिल्याण्डले ८२ बल बाँकी छँदै एक विकेटको क्षतिमा पूरा गरेको थियो । न्युजिल्याण्डको जितमा डेभन कनवे र रचिन रविन्द्रले उत्कृष्ट साझेदारी खेले ।

मात्र १० रन जोड्दा विल योङलाई गुमाएको न्यूजिल्याण्डका लागि रचिल रवीन्द्र र डेवोन कोनवेले शानदार पारी खेले । अविजित २७१ रनको साझेदारी गर्ने क्रममा दुवैले शतक बनाए कोनवे १५२ र रवीन्द्र १२३ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनाएको थियो । उसका लागि जोए रुटले सर्वाधिक ७७ रन बनाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार