नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय

नेपाल क्रिकेट संघले त्रिकोणात्मक श्रृङ्खला आयोजना गर्ने भएको छ । क्यानको नयाँ कार्यसमितिको मंगलबार दिउँसो बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले आईसीसी पुरुष टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला गर्ने निर्णय गरेको हो । आगामी अक्टोबर १७ देखि २६ (३० असोजदेखि ९ कात्तिक) काठमाडौंमा प्रतियोगिता आयोजना गर्ने निर्णय भएको हो ।

त्यस्तै, क्यानले प्रत्येक प्रदेशहरूमा १÷१ वटा खेल मैदानमा पिच निर्माण गरी प्राविधिक जनशक्ति र आवश्यक खेल मैदान सामाग्रीको व्यवस्था गर्ने लगायतका विभिन्न १० वटा निर्णय गरेको छ ।

क्यान सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा आग मार्च–अप्रिल २०२४ मा नेपाल प्रिमियर लिग ९एनपीएल० आयोजना गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार