सन्दीप र सागर चीन प्रस्थान

 नेपाली क्रिकेट टोलीका दुई स्पिनर सन्दीप लामिछाने र सागर ढकाल १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता खेल्न चीन प्रस्थान गरेका छन् ।

अदालतमा मुद्दा विचाराधीन रहेका कारण सन्दीप टोलीसँग चीन जान पाएका थिएनन् । अदालतमा विचाराधीन मुद्दाको पेसी स्थगित भएपछि सन्दीप आज मध्याह्न १२ बजे चीन लागेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

एसियन गेम्समा नेपालले बुधबार मंगोलिया र आइतबार माल्दिभ्ससँग समूह चरणका खेल खेल्ने छ ।

सन्दीपसँगै सागर ढकाल पनि चीन गएका छन् । ललित राजवंशी घाइते भएपछि टिममा परेका सागर भिषा समस्याका कारण  टिमसँग जान पाएका थिएनन् । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार