१९औं एसियाडमा चीनले जित्यो पहिलो स्वर्ण, नेपालको कमजोर सुरुवात

१९औं एसियाली खेलकुद (एसियाड) को पहिलो स्वर्णपदक चीनले जितेको छ । चीनले एसियाडको दोस्रो दिन आइतबार रोइङ खेलबाट पहिलो स्वर्ण जितेका हो ।

फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा भएको रोविङ अन्तर्गत महिला डबल्स लाइटवेइटमा चीनका जोउ जियाकी र क्यी जिउपिङको जोडीले स्वर्ण जितेका हुन् ।

चिनियाँ जोडीले ६.७८ सेकेण्ड टाइमिङ निकाले । रजत जितेका उज्वेक जोडी लुइजाखोन इस्लोमोभा र मालिका तागमाटोभाको जोडी १० सेकेण्डले पछि परे । यसमा इन्डोनेसियाले कास्य पदक जित्यो । चीनले आइतबार नै स्वर्ण सङ्ख्या १० बनाएको छ । चीनले रोइङबाट ६ स्वर्ण, पेन्टाथलन, उसु र सुटिङबाट एक एक स्वर्ण जितेको छ ।

भारतले दुई रजत र एक कांस्य जित्दै एसियाडमा पदकको सुरुवात गरेको छ । भारतले रोइङको मेन्स लाइट डबल्स र मेन्स एट तथा सुटिङतर्फ १० मिटर एयर राइफलमा रजत जितेको हो। हङकङ चाइनाले पनि एक स्वर्ण जितेको छ ।

आइतबार बिहान नेपाली खेलाडीहरुको प्रदर्शन भने राम्रो हुन सकेन । तेक्वान्दो, जुडो, इस्पोर्ट्स, सुटिङ मा बिहानी सत्रमा नेपाली खेलाडीहरु पराजित भए ।

सुटिङको १० मिटर महिला एयर राइपलमा श्लेसा भण्डारी र सुस्मिता नेपाल ४७औं र ५८औं स्थानमा रह्य । सुटिङको यस स्पर्धामा ५९ खेलाडी सहभागी थिए ।

नेपालले आइतबार बिहान सहभागिता जनाएको इस्पोर्ट्अन्तर्गत इ(फुटबलमा मकाउसँग हार खेपेको छ । नेपालका समीर गुरुङ मकाउका खेलाडीसँग २(१ ले पराजित भए ।

त्यस्तै नेपालकी तेक्वान्दो खेलाडी स्वस्तिका तामाङ महिला पुम्सेको अन्तिम १६ को खेलमा सिङ्गापुरकी खेलाडीसँग पराजित भएकी छन्। पुरुषतर्फ प्रेमबहादुर लिम्बू फिलिपिन्सका खेलाडीसँग क्वार्टरफाइनलमा पराजित भए ।

उहाँले प्रिक्वार्टरफाइनलमा पाकिस्तानका खेलाडीलाई हराएका थिए । यस्तै जुडोमा नेपालकी खेलाडी देवकी श्रेष्ठ मङ्गोलियाकी खेलाडी र इन्द्र श्रेष्ठ हङकङका खेलाडीसँग पराजित भएकी छन् ।

यस्तै पहिलो दिन टेबलटेनिसमा पनि नेपालको प्रदर्शन सन्तोषजनक रहेन । नेपाल टेबल टेनिसको टिम स्पर्धामा समूह चरणबाट बाहिरिएको छ।

टिम स्पर्धामा नेपालको महिला र पुरुष दुवै टोली बाहिरिएको हो । समूह एफमा रहेको नेपालको महिला टोली भारतसित ३–० र पुरुष टोली उत्तर कोरियासँग समान ३–० ले पराजित भयो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार