भक्ति थापालाई राष्ट्रिय विभूतीमा समावेश गर्नेलगायत यस्ता छन् सरकारका निर्णय

सरकारले वीर भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता वसन्तकुमार नेम्वाङले सरकारले वीर भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले सुर्खेत जिल्ला सिङ्गात गाउँपालिकाको केन्द्र वडा नम्बर ५ वाट सोही गाउँपालिकाको वडा नम्बर २ पुङ खेतमा कायम गर्न स्वीकृति प्रदान गरेको प्रवक्ता नेम्वाङले जनाकारी दिए । मन्त्रिपरिषद्ले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा हिमकुमार ओझालाई नियुक्त गरेको छ । त्यस्तै शिक्षा मन्त्रालयको प्रस्तावमा नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिको अध्यक्ष डा. अर्जुन कार्की नियुक्त भएका छन् ।

फेवातालको चार किल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिको म्याद थपेर साउन ३१ सम्म पु-याइएको उनले बताए । यसैगरी पछिल्ला दुई आर्थिक वर्षमा हरेक वर्ष कम्तीमा सय जना कामदार पठाउन नसकेका इजाजतप्राप्त म्यानपावर कम्पनी संस्था नवीकरण गर्न आएमा नवीकरण गर्ने निर्णय प्रवक्ता नेम्वाङले जनाकारी दिए ।

नेपाली सेनाका पाइलट सहायक रथी आशिष नरसिंह राणालाई पाइलट उपरथीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरिएको पनि नेम्वाङले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार