कोशी प्रदेशले ल्यायो बजेटसम्बन्धी नयाँ अध्यादेश, हट्यो बजेट शून्यता

कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ ।

पुनस् मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा कोशी प्रदेश प्रमुख परशुराम खापुङले आज बिहान आर्थिक अध्यादेश र प्रदेश विनियोजन अध्यादेश जारी गरेका छन् ।

बजेट शून्यताको अन्त्य गर्न प्रदेश आर्थिक अध्यादेश र विनियोजन अध्यादेश २०८० जारी भएको हो । परमादेशबाट मुख्यमन्त्रीमा नियुक्ति भएका हिक्मतकुमार कार्कीले ‘बजेट होलिडे’ हटाउन अध्यादेश सिफारिस गरेका थिए । प्रदेश सरकारको शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।

यसअघि जेठ ३२ गते कार्की नेतृत्वकै सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो । अध्यादेश प्रतिस्थापन विधेयकमार्फत् ६० दिनभित्र प्रदेशसभाबाट पास हुनुपर्ने व्यवस्था छ । तर, संसद्बाट विश्वास गुमाएपछि कार्की नेतृत्वको सरकार असार १५ गते ढलेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार