एमाले बैठकमा गण्डकी प्रदेश अध्यक्ष विश्वकर्माले मागे मन्त्री श्रेष्ठको राजीनामा

नेकपा एमालेका गण्डकी प्रदेश अध्यक्षसमेत रहेका पूर्वमन्त्री जगत विश्वकर्माले जातीय विभेदलाई प्रश्रय दिने काम गरेकाले शिक्षा तथा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरेका छन् ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको जारी बैठकमा उनले एमालेको नेता तथा मन्त्री जस्तो व्यक्तिले जातीय विभेद गर्ने व्यक्तिलाई आफ्नो गाडीमा राखेर छुटाउन जानु अशोभनीय भन्दै राजीनामा माग गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

यसअघि स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पनि श्रेष्ठले क्षमायाचना गर्नुपर्ने बताएका थिए । मन्त्री श्रेष्ठको कदमबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गम्भीर हुन आग्रह गरिएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको तर्फबाट प्रधानमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराइएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार