६० किलो सुन तस्करी प्रकरण : अधिकृतसहित  थप तीन जना पक्राउ

सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी र नायब सुब्बाहरु कमल परियार र वीरेन्द्र नेपाली छन् । उनीहरुलाई शुक्रबार पक्राउ गरिएको सीआईबीले जनाएको छ । योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा प्रहरीले सिनामंगल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । स्कुटरको ब्रेक सुमा लुकाएर ल्याएको सुन ब्रेक सुबाट निकालेर गाल्दा ६० किलो भन्दा केही बढी भएको खुलेको थियो ।

सीआईबीले यो प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । यही हप्ताभित्र अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाउने सीआईबीको तयारी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार