एमालेमा कारबाहीमा परेका कार्यकर्ताले आत्मआलोचना गरे पार्टी सदस्यता नवीकरण हुने

नेकपा एमालेले चुनावका बेला बागी/विद्रोही भई कारबाहीमा परेकाहरूले  आत्मआलोचना गरे उनीहरूको पार्टी सदस्यता नवीकरण गरिदिने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)–८ मा कारबाहीमा परेकाले आत्मआलोचना गरी सदस्यता नवीकरण गराउन सक्ने उल्लेख गरिएको हो ।

अन्तर्घात गर्ने र पार्टीविरोधी गतिविधिमा संलग्नलाई सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउने अपानिमा उल्लेख गरिएको छ ।

यस्तै एमालेले सार्वजनिक कार्यक्रममा पार्टी र जनसंगठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटोको प्रयोग भएको पाइएकाले त्यसलाई रोक्ने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार