पहाडी भू-भागमा वर्षाको सम्भावना, अन्य ठाउँमा कस्तो रहने मौसम ?

मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा उत्तर र पूर्वमा सरदर स्थानभन्दा दक्षिणतिर रहेकाले आज हल्कादेखि मध्यम वर्षाको मात्रै सम्भावना छ ।

न्यून चापीय क्षेत्र पनि भारतको ओडिसा आसपासमा छ । आज बिहान मधेश लगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ ।

मौसम पूर्वानुमान् महाशाखाका अनुसारम अहिले गण्डकी प्रदेशका थोरै स्थानहररू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।

देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू- भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति देशभर आँशिक देखि सामान्य बदली रही कोशी , बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार