डडेल्धुरामा चट्याङले घर भत्कियो, एकैघरका तीन जना घाइते

डडेल्धुरामा चट्याङ लागेर एकै घरका तीनजना घाइते भएका छन् । चट्याङले घर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् ।

स्थानीय विष्णु पाण्डेयका अनुसार घाइतेको अवस्था सामान्य छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार