नासोँको गाउँसभा बगरमा

बाढी प्रभावित नासों गाउँपालिकाले आफ्नो नगरसभा बगरमा नै आयोजना गरेको छ । हालैको अविरल वर्षात्ले बाढी आउँदा गाउँपालिकाको भवन सहित कागजात बगाएको थियो ।

गाउँपालिका अध्यक्ष चन्द्र घलेले बगरमा नै आयोजित गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । गाउँपालिकाको भवन बाढीले बगाए पनि समयमा नै नीति तथा कार्यक्रम ल्याएको उनले बताए । उनले भने “गाउँपालिकाको विकास योजना भन्दा पनि विपद् र स्वास्थ्यलाई प्राथमिकता दिएको छ । यसैमा नीति तथा कार्यक्रम केन्द्रीत छ ।”

उपाध्यक्ष कमलामाया गुरुङले बाढी पीडितलाई सम्बोधन गर्ने नीति तथा कार्यक्रम तथा बजेट रहेको जानकारी दिइन् । उनले भनिन् “गाउँपालिकाको भवन सहित कागजात बगाए पनि समयमै नीति तथा कार्यक्रम ल्याएका हौँ ।”

एक गाउँबाट अर्को गाउँमा जान नसक्ने अवस्थामा बगरमा नै गाउँसभा गरिएको प्रमुख प्रशासकीय अधिकृत विश्वबन्धु रेग्मीले जानकारी दिए । उनका अनुसार अधिकांश वडामा बाढीले क्षति पु-याएको छ । सबैभन्दा कम क्षति वडा नं २ मा पु-याएको जनाइएको छ । तालगाउँ, तिलिचे, ताजे, धारापानी, थोंचे लगायतका गाउँमा पूर्ण रुपमा क्षति पुगेको छ । अझै पनि मस्र्याङ्दी नदीमा बाढी आइरहेकोले विपद व्यवस्थापनका लागि बजेट व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार