कोरोना अपडेट: थप २ हजार ४ सय २१ जनामा संक्रमण, ८१ जनाको मृत्यु

नेपालमा बुधबार थप २ हजार ४ सय २१ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ४६१ पिसिआर र ४ हजार ९५३ एन्टीजेन परिक्षणका क्रममा थप २ हजार ४२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५६ हजार ८९१ पुगेको छ ।

कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको प्रवक्ता कृष्ण पौडेलले जानकारी दिए । जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो । बाँकी २९ जना भने विगतको तथ्यांकमा समावेश नभएका मृत्यु रहेको उनले बताए । यस्तै थप ३ हजार ५५८ संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा ५ लाख ६८ हजार ४४० जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९७ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ३४६, ललितपुरमा ९७ र भक्तपुरमा ५७ जना रहेका मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार