सार्वजनिक स्थलमा भिडभाड नगरि घरमै बसेर होली मनाउन आग्रह

काठमाडौं जिल्ला प्रशासन कार्यालयले होली पर्वलाई घरमै सीमित गर्न आग्रह गरेको छ ।

भारतमा कोरोना संक्रमण बढ्दै गएको र नेपालमा पनि जोखिम बढेको भन्दै प्रशासनले फागुमा सार्वजनिक स्थलमा भिडभाड गर्न नदिने निर्णय गरेको हो । यस्तै, प्रशासनले सार्वजनिक स्थान र सार्वजनिक यातायातमा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने र भौतिक दुरी कार्यम गर्न भनेको छ । सार्वजनिक स्थानमा मास्क नलगाउने र स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए ।

यसअघि भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले पनि सामूहिक रुपमा होली नमनाउन निर्देशन दिइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार