राप्रपा छाडेका थापा समूहका ५५ जना भए कांग्रेस महासमिति सदस्य

नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा समूहलाई ५५ जना महासमिति सदस्य दिइएको छ ।

राप्रपा छाडेर कांग्रेसमा प्रवेश गरेका पूर्वमन्त्री थापासहित उनी पक्षका नेतालाई महासमिति सदस्य दिने निर्णय केन्द्रीय समितिबाट पहिले नै भएको थियो । उक्त निर्णयअनुसार आज थापा पक्षका ५५ जनालाई महासमिति सदस्य दिइएको हो ।

महासमिति सदस्यमा समायोजना हुनेमा रामकृष्ण भट्टराई, विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, किरण गिरीसहितका विभिन्न तहका नेता छन् । अधिकांश मोरङका छन् भने अन्यमा धनकुटा, सिन्धुपाल्चोक, भोजपुर, बारा, काठमाडौं, ललितपुर, झापा, कपिलवस्तु, रामेछापलगायतका जिल्लाका नेता छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार