विनोद चौधरीले बोलिरहँदा महिला सांसदको नियमापत्ति, शब्दावली हटाउन सभामुखको निर्देशन

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आपत्तीजनक शब्द प्रयोग गरेको भन्दै महिला सांसदहरुले नियमापत्ति जनाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले ‘जब पर्यो राति, अनि बुढी ताती’ भन्ने उखान बोलेका थिए । उनले सरकारले कहिल्यै किसानलाई समयमै मल दिन नसकेको बताउदैँ गर्दा उक्त शब्द प्रयोग गरेका थिए।

उनले भने, “किसानलाई कहिल्यै मलसम्म दिन सकेनौँ । जब धान रोप्न सुरु हुन्छ, सरकार रासायनिक मलको खोजीमा हतारिरहन्छ । जब पर्‍यो राति तब ताती बूढी भन्ने हाम्रो उखान नै छ ।” यस्तो प्रवृत्तिलाई कायम राखी किसानको मुहारमा खुसी ल्याउन नसकिने उनको भनाइ छ ।

त्यसपश्चात् एमाले महिला सांसदहरूले नेपाली उखान लिएर नेपाली महिलामाथि आक्रमण भन्दै जब पर्यो राति अनि बुढी ताती भन्ने शब्दावली रेकर्डबाट हटाउन माग गरे ।

महिला सांसदहरूले नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले जब प-यो राति तब ताती बूढी भन्ने शब्द रेकर्डबाट हटाउन संघीय संसद सचिवालयलाई निर्देशन दिएका छन् । उक्त शब्द लैगिंक नभएकाले हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार