कोशी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

कोशी प्रदेश सरकारमा माओवादीका तर्फबाट मन्त्री रहेका दुई जना मन्त्रीले राजीनामा दिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन्।

मंगलबार माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका छन् । उनीहरू गत पुस २५ गते मन्त्री नियुक्त भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार