मेस्सी र रामोसको अन्तिम खेलमा पीएसजी पराजित

टोलीका प्रभावशाली खेलाडी लियोनल मेस्सी र सर्जियो रामोसको अन्तिम खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।

घरेलु मैदानमा शनिबार राति भएको लिगको समेत अन्तिम खेलमा पीएसजी क्लेर्मन्टसँग ३-२ गोलले पराजित भयो । क्लेर्मन्टको जितमा जोन गस्टिन, मेहदी जिफाने र ग्रेजोन केईले गोल गरे ।

पीएसजीका लागि सर्जियो रामोस र केलियन एमबाप्पेले एक एक गोल फर्काए । यही खेल मेस्सी र रामोसका लागि पीएसजीमा अन्तिम खेल भएको छ । यी दुवै खेलाडीले यस सिजनको अन्त्यसँगै पीएसजी छाड्ने घोषणा गरिसकेका छन् ।

अन्तिम खेल हारेपनि लिग च्याम्पियन बनिसकेको पीएसजीले ३८ खेलबाट ८५ अङ्क बनायो । क्लेर्मन्टले ३८ खेलमा ५९ अङ्क जोड्दै आठौं स्थानमा रह्यो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार