नेमकिपाको आज राजधानीमा जुलुश र धर्ना

भक्तपुर । राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आज राजधानीमा जुलुश र धर्ना कार्यक्रम गर्दैछ ।

आज बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुश गरेर संघीय संसद भबन नयाँं वानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाइले बताए । धर्नामा पार्टीका केन्द्रीय नेताहरुबाट सम्वोधन हुनेछ ।

यसअघि बैशाख १७ गते बसेको पार्टीको सचिवालको बैठकले  नागरिकता प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो । त्यस पछिबाट निरन्तर पार्टीले जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ । यस अन्तर्गत केन्द्रीय राजधानी काठमाडौंमा जुलुश र धर्ना गर्न लागेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार