सुमन र मन्जुलाई एभरेस्ट म्याराथन उपाधि

९औ तेन्जिङ हिलारी एभरेस्ट म्याराथन (४२ किमी) पुरुषतर्फको उपाधी सुमन कुलुङ राई र महिलातर्फ मन्जु रावतले जितेका छन् ।

सगरमाथा आधार शिविरदेखि नाम्चे बजारसम्मको दुरी सुमनले ३ घन्टा ४८ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । महिलामा मन्जुले ५ घन्टा २८ मिनेटमा दुरी पूरा गरिन् । उपाधि विजेता दुवैले एक लाख ५० हजार रुपियाँ पुरस्कार पाए ।

पुरुषमा दलबहादुर कुवर दोस्रो र उमेश राई तेस्रो भए । महिलातर्फ अस्ट्रेलियाकी इमा विलियम्स दोस्रो र रसियाकी एलेक्सजेन्डर बुर्त्सेभ तेस्रो भए । दुवैतर्फ दोस्रोलाई ८५ हजार र तेस्रोलाई ७५ हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।

२१ किमी हाफ म्याराथनको महिला खुलातर्फ भारतकी सम्झना राई पहिलो, अष्ट्रेलियाकी इम्मा विलियम्स दोस्रो भए । रसियाकी एलेक्सजेन्डर बुर्त्सेभ तेस्रो भइन् । अल्ट्रा म्याराथनतर्फको उपाधि तीर्थबहादुर तामाङले जिते । तिलकबहादुर सुनुवार दोस्रो र किरण कुलुङ तेस्रो भए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार