पूर्वपश्चिम राजमार्ग विस्तार गर्न ३१ अर्ब २ करोड

पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार कार्य तीव्रता दिइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

नारायणगढ-बुटवल र कमला-कञ्चनपुर खण्ड विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्ष सम्पन्न गरिने छ । कमला-ढल्केबर-पथलैया, बुटवल-गोरूसिङ्गे, काकडभिट्टा-लौकही, पथलैया-नारायणगढ र लमही-भालुवाङ सडक खण्ड स्तरोन्नति सुरू गरिने भएको छ ।

नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरू हुने उनले बताएका छन् । पूर्वपश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन गरेको अर्थमन्त्री डा. महतले जानकारी दिए ।

नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने उनले बताए । दुर्घटना कम गर्न आवश्यक पूर्वाधार निर्माणका साथै आवश्यक नीति अगाडि बढाइने उनले बताएका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार