बझाङ हिमपहिरो : बेपत्तामध्ये दुई महिला मृत भेटिए

एक किशोरीको अवस्था अझै अज्ञात

बझाङको सुर्मा गाउँपालिका– २ स्थित धानसेरीमा हिमपहिरोमा परेर बेपत्तामध्ये दुई जना मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्मा गाउँपालिका–३ की ४० वर्षीया रामकोइला बोहरा र जयपृथ्वी नगरपालिका–११ की १८ वर्षीया रमिता धामी मृत भेटिएका हुन् । उनीहरुको शव स्थानीयले भेट्टाएको प्रहरीले जनाएको छ ।

हिमपहिरोमा बेपत्ता जयपृथ्वी नगरपालिका–११ की १४ वर्षीया जामती धामीको अवस्था अझै अज्ञात छ ।

सुर्मा गाउँपालिका–३ का ४० वर्षीय बाबजी बोहरा र जयपृथ्वी नगरपालिका–११ का १४ वर्षीय आकाश धामी हिमपहिरोमा परी घाइते भएका छन् ।

यार्सा संकलन गर्न पुगेका उनीहरु आइतबार हिमपहिरोमा पुरिएका थिए । उनीहरुको उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आइतबार नै त्यसतर्फ गएको छ । तर कठिन र लामो बाटोका कारण सुरक्षाकर्मीको टोली अझै नपुगेको प्रहरी निरीक्षक अवस्थीले बताए।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार