हेलम्बुमा बाढीले वडा कार्यालय, प्रहरी चौकी र विद्यालय भवन बगायो

हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय र ईलाका प्रहरी कार्यालयको भवन बाढीले बगाएको छ ।

असार १ गतेदेखि निरन्तर आइरहेको बाढीले जोखिममा रहेका ती कार्यालयहरू शुक्रबार राति आएको बाढीले बगाएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । बाढीले थप मानवीय क्षति भने भएको छैन । नदीले कटान गरेर ढुंगाको जाली र भान्सा भत्काएपछि प्रहरीलाई छुट्टै स्थानमा राखिएको प्रहरी नायब महानिरीक्षक (डीआईजी) लामाले बताए । उक्त साढे २ तलेको पक्की भवन पाँच महिनाअघि मात्र निर्माण सकिएर उद्घाटन भएको थियो ।

त्यस्तै, वडा नम्बर ४ ग्याल्थुममा रहेको ईस्ट प्वाइन्ट एकेडेमीको भवन समेत बाढीले बगाएको छ । बाढीले सयौं रोपनी खेतीयोग्य जमिन समेत कटान गरेको छ । मेलम्ची नगरपालिका–६ तालामाराङमा रहेको तेर्से माध्यमिक विद्यालयको भवनमा समेत क्षति पुर्‍याएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार