सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले तीन दिनभित्र आफ्नो माग पूरा नगरे सरकार छाड्ने चेतावनी दिएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नउपाका नेता लक्ष्मण थारुले सरकारले टीकापुर घटनाको मुद्दालाई राजनीतिक रुपमा व्याख्या नगरिएको खण्डमा सरकारको समर्थन फिर्ता लिने बताएका हुन् ।

उनले भने, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई तीन दिनको समय दिएका छौं । तीन दिनभित्र हाम्रो माग सुनुवाइ भएन भने हामी सरकारको समर्थन र सहभागिताबारे सोच्न बाध्य हुनेछौं ।’

उनले टीकापुर घटनामा दोषी ठहर भइ जन्म कैदको सजाय काटिरहेका रेशम चौधरीको रिहाइको माग गर्दै आजबाट शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार