नयाँ पुस्तामाथि रणनीतिक हमला भयो : सुमना श्रेष्ठ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसद् बैठकमा आफूले लगाएको पहिरनमा भएको टिप्पणीबारे आपत्ति जनाएकी छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद श्रेष्ठले आफूहरू सही बाटोमा भएकाले पहिरनबारे टिप्पणी नगर्न चेतावनी दिएकी छन्। केही दिन अगाडि संसद् बैठकमा टिसर्ट र पाइन्ट लगाएको विषयमा आलोचना भएपछि उनले चाकडीबाजबाट टाढिएर पहिरनमा होइन कर्तव्य र जिम्मेवारीमा मर्यादा खोजेर जवाफदेहिताको प्रष्ट प्रश्न सोधेर अगाडि बढेका नयाँ पुस्तामाथि यो रणनीतिक हमला भएको टिप्पणी गरिन्।

‘हरेक सामाजिक परिवर्तनको सुरुवात सत्तामा रहेका शासकहरूले परिवर्तनको मसाल बोक्नेहरूलाई दबाएर सुरु हुन्छ। त्यसपछि व्यक्तिगत आक्रमण र नानाथरी नाम बोलाउने, देखावटी प्रगतिशील उदारवादी शब्दहरू प्रयोग गरेर समाजलाई विचलित गरिन्छ। बच्चा बनेर लेबल लगाएका र टिसर्ट र जिन्स लगाएकोमा अमर्यादित भनेर खिल्ली उडाइएका सबैलाई विश्वस्त पार्न चाहान्छु– हामी सही बाटोमा छौँ। चाकडीबाजबाट टाढिएर पहिरनमा होइन कर्तव्य र जिम्मेवारीमा मर्यादा खोजेर जवाफदेहिताको प्रष्ट प्रश्न सोधेर अगाडि बढेका नयाँ पुस्तामाथि यो रणनीतिक हमला हो। यसको रास्वपा विरोध गर्छ,’ उनले भनिन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार