यूएईमा एक नेपालीलाई झण्डै ७२ करोडको चिठ्ठा

काठमाडौं । यूएईमा कार्यरत नेपाली चालकले २ करोड दिरामको चिठ्ठा जितेका छन् ।

उनले जितेको चिठ्ठाको नेपाली रुपैयाँ ७१ करोड ७० लाख रुपैयाँ हुन आउँछ । खालिज टाइम्सका अनुसार पदम नाम गरेका ती नेपाली चालक सन् २०२३ मा यूएईमा यति ठूलो राशीको चिठ्ठा जित्ने पहिलो व्यक्त हुन् ।

तीन महिना अगाडि मात्रै युएईको आवुधावीमा आयोजित विग टिकट र्‍याफल ड्रमा एक नेपालीले ८२ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार