जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ

काठमाडौँ । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर र तनहुँमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका ४ मरुवा बस्ने २४ वर्षीय महेश परियार र तनुहँको घिरिङ गाउँपालिका ५ का २७ वर्षीय पुरन परियार रहेका छन् ।

१६ वर्षीय किशोरीलाई जबर्जस्ती करण गरेको भन्ने उजुरीका आधारमा महेशलाई पक्राउ गरिएको उदयपुर प्रहरीले जनाएको छ ।

उता, घिरीङ गाउँपालिका–५ धेनु घर भई देवघाट गाउँपालिका–५ सेतिभतेरी बस्ने २७ वर्षीय पुरन परियारलाई भने ४४ वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार