गृहमन्त्रालयमा नारायणकाजी श्रेष्ठको नाम पक्का

'माओवादीका अन्य मन्त्री पनि फेरबदल गर्ने तयारी'

काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री हुने पक्का भएको छ । भौतिक मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री हुने टुङ्गो लागेको हो ।

गृह मन्त्रालय माओवादी केन्द्रको भागमा परेपछि श्रेष्ठ मन्त्री बन्ने निश्चित भएको श्रेष्ठ निकट एक नेताले बताए । पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अब भौतिकबाट गृहको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

यसअघि समेत श्रेष्ठले गृह मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । यस्तै सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको मन्त्रालय फेर्न तयारी भइरहेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार